
पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये ९०२ जना काठमाण्डू उपत्यकाका हुन्।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७७,८०० नाघेको छ।
सो अवधिमा सात जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।