Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

User Photo बुधबार, कार्तिक १९, २०७७
काठमाण्डाै ।

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार उनी काठमाडौं आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ। त्यहीअनुरूप प्रधानसेनापति नियुक्त भएपछि पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी ग्रहण गरेका थिए।

नरवणेले नेपाल बसाइका क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति थापालाई छुट्टाछुट्टै भेट गर्ने तय भएको छ। पशुपति क्षेत्र विकास कोषले भारतीय सेनाध्यक्ष नरवणेलाई पशुपतिनाथको दर्शन गराउने तयारी गरिरहेको छ।

नरवणेले प्रधानसेनापति थापासँग द्विपक्षीय छलफल गर्नेछन्। नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध चिसिएका बेला दुई मुलुकका सेना प्रमुखको भेट र छलफललाई महत्वका साथ हेरिएको छ। सो अवसरमा नरवणेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने गरी स्वास्थ्य सामग्री र औषधि नेपाली सेनालाई प्रदान गर्नेछन्। उनले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग छलफलसमेत गर्ने कार्यक्रम छ।

उनले रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय छलफल गर्नेछन्। प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच उत्पन्न पछिल्लो परिस्थिति र आफ्नो अडानबारे कुरा राख्ने तयारी रहेको स्रोतले बताएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.