
प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन् । उनले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन पछि सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।
प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।
घुन्सापछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम छ । उनले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ ।
यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द