Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

४ सय जनाले गरे नेपाली काङ्ग्रेसमा प्रबेश

User Photo बुधबार, मंसिर १७, २०७७
काठमाण्डाै ।

झापामा विभिन्न पार्टी परित्याग गरी ४ सयभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बुद्धशान्ति गाउँपालिका समितिले बुधबार राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन।

यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाल कम्न्युस्ट पार्टी,राष्ट्रिय जनमोर्चा र लिम्बुवान नेपालका नेता तथा कार्यकर्ता छन् ।
नव प्रवेशी कार्यकर्तालाई नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं प्रबक्ता बिश्वप्रकाश शर्मा लगायत स्थानिय नेताले टिकाई लगाइ सदस्यता प्रदान गरे ।

नवप्रवेशि कार्यकर्तालाई स्वागत गर्दै प्रवक्ता शर्माले न्याय, प्रजातन्त्र र शान्तिको बाटोमा अब सगै हिड्नुपर्ने बताए। “तपाईंहरुले आज रोजेको बाटोमा नेपाली काङ्ग्रेसले ब्यक्तिगत रुपमा केही दिन नसक्ला तर यो प्रबेशले देश र समाजलाई शान्ति र सद्भावको बाटोमा भने अवस्य डोर्याउने छ”।

नेपाली काङ्ग्रेस एउटा खुल्ला छहारी भएकाले यसको छत्रछायामा जोसुकै अटाउने बताएका छन्।

सोही क्रममा उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपि शर्मा ओलि र पुर्व अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प उस्तै भएको र केपि ओलिको सत्ता आगामी चुनावमा ढल्ने दाबी समेत गरेका छन्।

“कोरोनालाई चाइनिज भाईरस भन्दै हिड्ने अमेरिकी रास्ट्रपति र हाछ्यु गरेर कोरोना भाग्छ भन्दै हिड्ने हाम्रा प्रधानमन्त्री उस्तै हुन,माहामारीका बिच जनताको वेवास्ता गर्दा त्यस्को परिणाम अमेरिकामा आइसक्यो अब नेपालमा आउनेवाला छ” उनले व्यंग्य गरे। सो कार्यक्रम नेपाली काङ्ग्रेस गाउँ सभापति चक्र शेर्माले कार्यक्रमको सभापतितब गरेका थिए भने,सचिव मोहन माबोले कार्यक्रम संचालन गरेका थिए। नवप्रबेशी कार्यकर्ताको स्वागत भने युवानेता चेतन ढुङ्गेलले गरेका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.