Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

नेकपा विवादका कारण परराष्ट्रमन्त्रीको भारत भ्रमण अन्योलमा

User Photo शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डाै ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादका कारण परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण अनिश्चित बनेको छ । भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली जाने तयारी भइरहेको तर पार्टी विवादका कारण मिति तय हुन नसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

पार्टी विवादका कारण सरकार पनि परिवर्तन हुन सक्ने वा मन्त्री हेरफेर हुनसक्ने सम्भावना भएको हुनाले मिति तय हुन नसकेको बताइएको छ । नोभेम्बर २६–२७ मा भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गलाको नेपाल भ्रमण भएको थियो । त्यसपछि मन्त्रीस्तरीय आयोगके बैठक भारतमा हुने तय भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारत जाने मिति तय गरेपछि मात्र उताको कार्यक्रम तय हुने स्रोतले जनाएको छ । यतिबेलासम्म मिति तय भइक्नुपर्ने हो । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार भारतको तर्फबाट कार्यक्रमको पुरै तयार रहेको तर नेपालबाट मिति तय नभएको कारण उताको मिति तय भएको छैन । नेकपामा देखिएको विवादका कारण सरकारको के हुने–नहुने हुने निश्चित छैन ।त्यही अन्यौलताको बीचमा मिति तय नगरेको दूतावासको पनि रिपोर्टिङ रहेको छ ।

नेकपामा चलिरहेको विवादका कारण केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनसक्छन् वा सहमति भए मन्त्रिमण्डल हेरफेर हुनसक्छ । अथवा पार्टी विभाजन भएपछि पूरै सरकार नै परिवर्तन हुनसक्ने भएकाले मन्त्री ज्ञवालीमा अन्योल देखिएको छ । यद्यपि, ज्ञवालीले आजको एक कार्यक्रममा डिसेम्बरको अन्तिमतिर दिल्लीमा आयोगको बैठक बस्ने बताएका थिए ।

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय आयोगको आगामी बैठकमा मुख्य रुपमा सीमा विवादको विषयमा छलफल हुने मन्त्री ज्ञवालीले बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा मन्त्री ज्ञवालीले यो बैठक कहिले हुने भनि प्रष्ट पारेनन् तर उनले पटक–पटक सीमा विवादको बारेमा छलफल हुने कुरा राखे । गतवर्ष सो आयोगको बैठक नेपालमा भएको थियो ।

भारतीय विदेश सचिव शृङ्गला र भारतीय गुप्तचर संस्था ‘रअ’को प्रमुख सामन्त गोयलको भ्रमणले नेपल भारतबीच देखिएको सम्बन्धमा सुधार भएको बताए ।

त्यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरले पनि नेपाल–भारतको सम्बन्धमा सुधार आएको बताएका छन् । भारतके हिन्दी अखबार ‘द हिन्दु’ दिएको अन्तरवार्तामा उनले दुई छिमेकी देशको बीचमा विवादहरु भइरहने तर समाधान पनि हुने बताउँदै नेपालसँग पनि समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.