
संखुवासभाको चैनपुरमा आइतबार दिउँसो अज्ञात समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।चैनपुर नगरपालिका–४ मैदाने भन्ने स्थानमा दिउँसो ४ बजेतिर गस्तिमा रहेको प्रहरी टोलीमाथि अज्ञात समूहले गोली प्रहार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कविन्द्रकुमार कार्कीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ति टोली मैदाने भन्ने स्थानमा पुग्नसाथ अज्ञात समूहले गस्तिलाई लक्षित गर्दै गोली प्रहार गरिएको छ । ‘सशस्त्र र नेपाली प्रहरीको संयुक्त गस्ति टोलीलाई लक्षित गरेको अज्ञात समूहले ३/४ राउण्ड गोली प्रहार गरेको थिए,’ डिएसपी कार्कीले भने, ‘अज्ञात समूहले गोली प्रहार गर्न थालेपछि प्रहरीले पनि जवाफी फायर गरेर थियो । दुवै पक्षबीच भएको भिडन्तबाट कुनै मानवीय क्षति भएको छैन ।’
प्रहरीले फायर गर्न थालेपछि अज्ञात समूहहरू भागेको प्रहरीले जनाएको छ । ‘दोहोरो भिडन्तपछि उनीहरू जंगलतर्फ भागेको र थप मद्दतका लागि प्रहरी पुगी सकेको हुँदा सो स्थान प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ,’ डिएसपी कार्कीले भने, ‘त्यस्तो कुनै हातहतियार फेला नपरे पनि केही विस्फोटक पदार्थ फेला परेको भन्ने खबर आएको छ ।’
भिडन्त भएको ठाउँ नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका संखुवासभा इञ्चार्ज युवराजको गाउँ रहेको बताइएको छ । यस अघि मंसिर १ गते पनि दोहोरो भिडन्त भएको हुँदा प्रहरीले विशेष निगरानी राख्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द