
चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘श्री ७’ महाराजको जस्तो भएको बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा माइतीघरमा शनिबार आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताए ।
‘ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ । जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्,’ डा. केसीले थपे, ‘सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु, संविधानको रक्षा गर्नु जनताको कर्तव्य हो ।’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने डा. केसीको भनाइ थियो । जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको उनले बताए ।
संसद् विघटनविरुद्ध जनताले ठाउँठाउँमा विरोध गरिरहेको डा. केसीको भनाइ थियो ।
संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आश रहेको डा. केसीले बताए । ‘अदालतले संविधानको रक्षा गर्छ भन्ने आस गरेका छौं,’ उनले भने । संसद् विघटनको निर्णयविरुद्ध न्यायालयले फैसला नदिने हो भने ओलीको कदम विरुद्ध आएका जनता सर्वोच्च विरुद्ध लाग्ने खतरा हुने र न्यायालयमाथिको विश्वासमा कमी आउने केसीको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए । उनले आगामी दिनमा प्रदेश सरकारहरू पनि विघटन गर्ने सम्भावना रहेको बताए । उनले वैशाखमा निर्वाचन गराउनका लागि घोषणा नगरिएको बताए ।
प्रदर्शन गर्न माइतीघर गएकाहरूलाई सुरक्षाकर्मीले केहीबेर अवरोध गरेका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द