
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका छन् ।
सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उनको भनाइ छ । साथै दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताए ।
भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । चौधरीसँगको अन्तरवार्ता यही सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीसँग उनले पछिल्लो पटक भारत र चीनबीच प्रतिस्पर्धामा नेपालको भूमिका लगायत भारतसँग सम्बन्ध लगायत विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले भने भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्नसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको बताए र एकको कार्ड अर्कोसँग कार्ड कहिल्यै नखेल्ने पनि बताए । यसरी फरक कार्ड खेल्ने नेपालको राजनीति नभएको पनि उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले प्रश्न सोधेका थिए । तर ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिए । साथै उनले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिए ।
‘तपाईँको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो,’ प्रधानमन्त्री ओलीले बताए ।
यस्तै भारत र चीनको प्रतिस्पर्धामा नेपालले सधैँ भारतलाई नै दोष देखाउने गरेको भन्ने प्रश्नमा पनि आफूहरुले त्यस्तो नगरेको र यो गलत बुझाइ भएको भन्दै ओलीले छिमेकी देशहरुबीच समान व्यवहार र सम्बन्ध रहेको बताए । पत्रकार चौधरीले काठमाडौँ आएर ओलीसँग अन्तर्वार्ता लिएको बताएका छन् ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणको तयारी गरिरहँदा यस्तो अन्तर्वार्ता सार्वजनिक भएको हो । जी न्युज भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्ने न्युज च्यानलको रुपमा पनि चिनिन्छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द