
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।
ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।
त्यसैले सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।
राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।
महाअभियोग प्रस्ताव पास होला ?
सुरुमा डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार अमेरिकी संविधानको धारा २५ प्रयोग गरेर उपराष्ट्रपति माइक पेन्स र मन्त्रिमण्डलका सदस्यहरुलाई ट्रम्पलाई हटाउन माग गरेका थिए । यस धारामा यदि राष्ट्रपति जिम्मेवारी पूरा गर्न अक्षम भयो भने उसको शक्ति उपराष्ट्रपतिमा स्थानान्तरण हुने व्यवस्था छ । यद्यपि रिपब्लिकन सांसदहरुले त्यसलाई अस्वीकार गरे । तर पनि ट्रम्पको खतरा टरेन ।
डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार फेरि ट्रम्पलाई हटाउने कोसिस गरे । संसद भवन क्यापिटल हिल्समा आक्रमण हुनुको दोष ट्रम्पमाथि लगाइयो र ट्रम्पका कारण देशको सुरक्षा व्यवस्थालाई खतरामा पारेको आरोप लगाइएको छ ।
महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत चाहिन्छ । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पास हुनेमा डेमोक्र्याट सांसदहरुले नै विश्वस्त नरहेको बीबीसीले लेखेको छ । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द