Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सवारी लाइसेन्सको अनलाइन आवेदनमा कोटा प्रणाली हट्ने

User Photo मङ्लबार, पुस २८, २०७७
काठमाण्डाै ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो ।

हाल हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था छ । यसले गर्दा दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन सक्ने अवस्था छ । लाइसेन्सको परीक्षामा सहभागी हुन चाहाने हजारौंले दिन-दिनै फारम भरेपनि अनलाइनबाट ‘सम्बिट’ गर्न सास्ती भोगिरहेका छन् । अझ विहान ६ बजे अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राही यातायात व्यवस्था विभागको साइटमा आउने गर्दा प्रणालीमै समस्या देखिन थालेको छ ।

अब भने लाइसेन्सको परीक्षा दिन चाहानेले जुनसुकै समयमा आवेदन भर्नसक्ने र आफ्नो फारम भरेर ‘सब्मिट’ गरेपछि आवेदकलाई यो दिनमा परीक्षामा हाजीर हुन भनेर प्रणालीमार्फत नै जानकारी दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

‘अनलाइन फारममा कोटा राख्दा विचौलियाको चलखेल पनि बढ्ने देखियो,’ उनले भने,’सेवाग्राहीलाई सास्ती भएको देखेपछि हामीले सबै फारम स्वीकार गर्ने र कार्यालयको क्षमताअनुसार प्रणालीबाट नै दिन तोकेर आवेदकलाई परीक्षाको दिन जानकारी गराउने व्यवस्था गर्दैछौं ।’

९ महिनापछि लाइसेन्सको परीक्षा खुलेकाले लाइसेन्स कार्यालयमा ठूलो चाप छ । तर, कार्यालयको लाइसेन्स वितरण क्षमता सीमित भएकाले सेवाग्राहीलाई नै सास्ती भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.