
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली गएका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नेछन् ।
आज भारतमा ज्ञवालीको औपचारिक कार्यक्रम छैन । उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र अन्य अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।
शुक्रबार ११ बजे उनले हैदरावाद हाउसमा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय भेटघाट गर्नेछन् । त्यसलगत्तै ११ः३० बजे नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शुरु हुनेछ ।
सो बैठकपछि उनले नेपाल–भारत सम्बन्ध विषयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेटघाट गर्ने भनिए पनि अहिले तय भइसकेको छैन ।
उनी शनिबार २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द