Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

विहीबार देखी बर्षा र हिमपात, एक हप्तामा गर्मी सुरु हुने मौसमविदको भनाइ

User Photo मङ्लबार, माघ २०, २०७७
काठमाण्डाै ।

आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ ।

मौसमविद शान्ति कँडेलले भनिन्, ‘मौसम हो अपडेट भइराख्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ ।’

मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन् । यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । ‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन् ।

घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.