

बिरामी सविना तामाङ
दुबै मृगाैला फेल भइ उपचाररत बेलाैरी-४, कन्चनपुरकी सविना तामाङलाई ‘बेलौरी युवा मञ्च जापान’ले उपचारमा सहयाेग हाेस भन्दै पचास हजार सहयाेग गरेकाे छ ।
तामाङकाे काठमाण्डाै स्थित निदान अस्पतालमा उपचार भइरहेकाे छ । मञ्चका सदस्य मुकेश रिजाल मार्फत अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरिएकाे हाे । आर्थिक अवस्था कमजाेर रहेकी तामाङकाे मृगाैला प्रत्याराेपण गर्नुपर्ने भएकाे र उपचारमा ठुलाे रकम खर्च हुने हुँदा उपचारमा सहयाेग हाेस भनेर मञ्चले सहयाेग गरेकाे सदस्य रिजालले बताए ।
कञ्चनपुर जिल्लाको बेलौरी घर भइ व्यापार व्यवसाय, अध्ययन तथा रोजगारीको शिलशिलामा जापान बस्दै आएका युवाहरुले आफ्नो गाउँ तथा समाजमा केहि राम्रा कामहरु गर्ने उद्देश्यका साथ सन् २०१६ को डिसेम्बरमा संस्थाको स्थापना भएकाे ‘बेलौरी युवा मञ्च जापान’ ले यस अघि पनि यस्तै समस्यामा परेकाहरुलाई सहयाेग गर्दै आएकाे छ ।

बेलौरी युवा मञ्च जापानकाे टिम