Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

दुबै मृगाैला फेल भएकी सविना तामाङलाई ‘बेलौरी युवा मञ्च जापान’को पचास हजार सहयाेग

User Photo शनिबार, फाल्गुन ८, २०७७
काठमाण्डाै ।

बिरामी सविना तामाङ

दुबै मृगाैला फेल भइ उपचाररत बेलाैरी-४, कन्चनपुरकी सविना तामाङलाई ‘बेलौरी युवा मञ्च जापान’ले उपचारमा सहयाेग हाेस भन्दै पचास हजार सहयाेग गरेकाे छ ।

तामाङकाे काठमाण्डाै स्थित निदान अस्पतालमा उपचार भइरहेकाे छ । मञ्चका सदस्य मुकेश रिजाल मार्फत अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरिएकाे हाे । आर्थिक अवस्था कमजाेर रहेकी तामाङकाे मृगाैला प्रत्याराेपण गर्नुपर्ने भएकाे र उपचारमा ठुलाे रकम खर्च हुने हुँदा उपचारमा सहयाेग हाेस भनेर मञ्चले सहयाेग गरेकाे सदस्य रिजालले बताए ।

कञ्चनपुर जिल्लाको बेलौरी घर भइ व्यापार व्यवसाय, अध्ययन तथा रोजगारीको शिलशिलामा जापान बस्दै आएका युवाहरुले आफ्नो गाउँ तथा समाजमा केहि राम्रा कामहरु गर्ने उद्देश्यका साथ सन् २०१६ को डिसेम्बरमा संस्थाको स्थापना भएकाे ‘बेलौरी युवा मञ्च जापान’ ले यस अघि पनि यस्तै समस्यामा परेकाहरुलाई सहयाेग गर्दै आएकाे छ ।

बेलौरी युवा मञ्च जापानकाे टिम


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.