Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

गुट चलाउन भने एनजिओको सहारा, काँग्रेसका भ्रातृ संगठनमा छैन महाधिवेशनकाे सुरसार

User Photo सोमवार, फाल्गुन १०, २०७७
काठमाण्डाै ।

पार्टीका भ्रातृ संगठनहरुको महाधिवेशन गराउनुको साटो नेपाली काँग्रेसका नेताहरु त्यसलाई पेन्डुलम बनाएर नेताका नाममा स्थापना भएका एनजिओलाई सक्रिय बनाउन लागिपरका छन् । १३ मध्ये ११ भ्रातृ संगठनले कार्यकाल गुजारिसकेका छन् । तर, महाधिवेशन गराउन कुनै चासो र पहल नगरेका शीर्ष नेताहरुले पार्टीभित्रको गुट चलाउन भने एनजिओको सहारा लिएका छन् ।

पूर्वजहरुका नाममा संस्था स्थापना गरेर पार्टीका शीर्ष नेताहरु नै गुट चलाउन सक्रिय छन् । पार्टीका तत्कालीन सभापतिहरु बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि मंगलादेवी सिंह र नोना कोइरालाका नाममा संस्थाहरु स्थापना भएका छन् । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहका नाममा दर्जनभन्दा बढी संस्था स्थापना भएका छन् ।

ती संस्थाहरुले आफूखुसी र आफूअनुकूल कार्यक्रमहरु र विचारहरु बाहिर ल्याइरहेका छन् । केन्द्रीय कार्यालय के कति संस्था स्थापना भएका छन् र तिनले के काम गरिरहेका छन् भन्ने विषयमा अनभिज्ञ छ ।

आजकोनागरिक दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.