राजपरिवारले हेर्ने नारायणहिटी दरबार भित्रकाे हलमा सर्वसाधारणले फिल्म हेर्न पाउने

सोमवार, चैत्र २, २०७७, काठमाण्डाै । 

नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् । नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेको छ । त्यसैले सो हल खुला गरी अवलोकनकर्ताका लागि सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले तयारी थालको छ ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा हलका बारेमा धेरैले जिज्ञासा राख्ने गरेको सुनाउँदै भने, “अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर तत्कालीन राजारानीले हेरेका सिनेमा हेर्न पाइनेछ ।” झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका कर्मचारीहरूले मट्टीतेलले सफा गरिरहेका छन् भने नेपाल चलचित्र संस्थानबाट अवकास पाइसकेका प्राविधिक भरतप्रसाद नेपाल रिललाई सफा गर्नेदेखि अन्य मर्मतका कार्यमा व्यस्त छन् ।

उनले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको रिल रहेको बताउँदै भने, “धेरैजसो रिललाई यहीँ सफा गर्न सकिन्छ । कतिपयको अवस्था जीर्ण भएकाले भारतमा पठाउनुपर्ने हुनसक्छ ।” दरबारको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिन्छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले सकेसम्म आउँदो वैशाखबाट सिनेमा प्रदर्शन गर्ने तयारी गरिएको बताउँदै थपे, “अवलोकनकर्ताहरूलाई समय तोकेर पालैपालो सिनेमा देखाइनेछ ।

”तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदारहरूले प्रायः शुक्रबार सिनेमा हेर्ने गर्नुहुन्थ्यो । विदेशी सिनेमाहरू उपत्यकाका सिनेमा हलबाट रिल राजपरिवारलाई देखाइन्थ्यो । सिनेमामा ११६ वटा सिट छन् । पाँचवटा सोफा राखिएका छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा पत्रपत्रिका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै