Naya Media
बिहिबार, जेष्ठ ७, २०८३
| | May 20, 2026
बिहिबार, जेष्ठ ७, २०८३

कर्णालीमा जेसिबी लगाएर मापदण्ड विपरीत उत्खनन, बाफरको अनुगमन, सरकार मौन,

बाफर नेपालकाे दोहन रोक्न माग

User Photo सोमवार, चैत्र २, २०७७
लम्कि, कैलाली ।

कर्णाली नदिमा मापदण्ड विपरीत जेसिबी लगाएर नदिजन्य पदार्थ उत्खनन भइ रहेको पाइएको छ । लम्की चुहा नगर पालिका वडा नम्बर ३ मा पर्ने कर्णाली नदिमा अवस्थित कर्णाली पुल बाट करिब १ किलोमिटर तलको क्षेत्रमा जेसिबी लगाएर अन्धाधुन्ध उत्खनन व्यापक मात्रामा भइरहेको छ ।

लम्की चुहा नगरपालिकाले IEE गरेको क्षेत्र भएपनी तोकिएको मापदण्ड विपरीत उत्खनन् भइ रहेको हो ।

लम्की चुहा नगरपालिकाको प्रतिबेदनमा कर्णाली नदि साईडमा ०.६ मिटर खन्न भनिए पनि उक्त ठाउँमा भने ६ मिटर गहिराइ सम्म खनिएको छ ।

लम्की चुहा नगरपालिकाले अनुगमनमा चासो नदिए पछि बाफर नेपालले मापदण्ड विपरीत उत्खनन भइ रहेका ठाउँहरुको अनुगमन गरेको छ । नेपाल पानी परियोजनाको आर्थिक सहयोग बाफर नेपालको अगुवाईमा जनप्रतिनिधि,जिल्ला समन्वय समितिका प्रतिनिधि र सरोकार वालाले अनुगमन गरेको हो ।

अनुगमन गर्न त्याहा पुग्दा एक टिप्पर चालकले लम्की चुहा नगरपालिकाले अनुमती दिएको एक पत्र देखाए तर त्यो पत्रमा कति खन्ने भनेर मापदण्ड नै तोकिएको थिएन ।

उक्त पत्रमा यस्तो लेखिएको थियो

नगर कार्यपालीकाको कार्यालय भल्का कैलाली

विषय : सिफारिस सम्बन्धमा ।

श्री जो जससगं सम्बन्ध राख्दछ ।

उपरोक्त सम्बन्धमा यस लम्कीचुहा नगरपालीकामा शजिदेव निमार्ण सेवा प्रा.ली. महेन्द्रनगर , कञ्चनपुरले पेश गरेको निवेदन अनुसार उक्त फर्मको जानकी गाउँपालीका ५ पथरैया स्थित कर्णाली क्रसर उधोगको लागी आवश्यक ग्राभेल ढुवानीको लागी तपसिल उल्लेखित भ्याकुलोडर , तथा टिपर,ट्याक्टरहरु नियमानुसारको राजश्र दाखिला गरि IEE को प्रतिवेदमा उल्लेखित शर्त बमोजिम कर्णाली नदिमा प्रवेशको लागी मिती २०७७- ११- १९ गतेदेखी मिती २०७७- १२- १८ गते सम्मको लागी अनुमती दिइएको व्यहोरा अनुरोध छ ।

तपसिल
१. से १क ६११
२. सु प्र ०१००१ क १८४०
३ं  लु १क३०५६

लम्की चुहाले दिएको दिएको पत्र

अनुगमन पछि लम्की चुहा नगरपालिकाकि उप प्रमुख टीका थापाले नगर प्रमुखले आफुलाई ठेक्का पट्टा गर्दा नगर प्रमुखले सहभागी नगराउने बताउदै तानाशाही हिसाबले काम गरेको आरोप लगाउनु भयो ।

आफुले अनुगमन बर्ष बर्ष गर्ने गरेको भएपनि नगरपालिकामा आफ्नो कुरा सुनुवाइ नै नहुने उहाँको भनाई छ ।

बाफर नेपाल अध्यक्ष उजिर सुनारले आफुहरुको संस्था वातावरणको क्षेत्रमा काम गर्ने भएकोले भोलिका दिनमा पर्ने असरहरु बारे सचेता होस् भनेर अनुगमनमा आएको बताउदै लम्किचुहा नगरपालिका भित्र टेन्डर भएका IEE गरिएका ठाउहरुमा के कसरी उत्खनन भई रहेको छ भन्ने लगाएतका कुराहरू बुझ्नु आफुहरु अनुगमनमा जादा मापदण्ड बिपरित कानुन मिचेर उत्खनन गरेको बताउनु भयो ।

लम्की चुहा वडा नम्बर १ वडा अध्यक्ष जनक बमले विगत देखि नै अनुगमन गरि रहेकाले विगत बर्ष भन्दा यो वर्ष भन्दा यो वर्ष उत्खननमा कमि आएको बताउनु भयो ।

वडा नम्बर ३ का अध्यक्ष भक्त बहादुर चलाउनेले उत्खनन गर्दा जानी जानी उत्खनन गरेको पाइएकाले नगर सरकारले तेस्ता ठेकेदार लाई कार्वाही गरिने बताउनु भयो ।

बाफर नेपालकि कार्यक्रम संयोजन ममता रावलले अनुगमन गर्दा IEE को मापदण्ड विपरीत उत्खनन गरेको भन्दै नगर सरकारले छिटै कार्वाही प्रक्रिया अगाडि बढाउनु माग गर्नु भयो नदिको आफ्नो मुल बाहाभ बुझेर उत्खनन गरेको अनुगमनमा पाईएको बताउनु भयो ।

उता लम्की चुहा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत धर्म राज विनाडिले २ वर्ष अगाडि नगरपालिकाले IEE को प्रतिबेदम तयार पारेकाले तेहि अनुसार उत्खनन गर्न भनेपनी मापदण्ड विपरीत भएको पाइएमा छिटै कार्वाही गरिने बताउनु भयो ।

लम्की चुहा नगर सरकारले बाहिर जे कुरा गरेको भएपनी गहन ढंगबाट अनुगमन नगरेको पाईन्छ । नगर सरकार पुर्ण रुपमा एक्सनमा उत्रेर अनुगमन गरोस् र गलत काम गर्ने लाई कार्वाही गरोस् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.