कैलालीको लम्कीमा टिकापुर जाँदै गरेको बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका- १ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपछी लम्कीकाे अवस्था तनावग्रस्त बनेकाे छ ।
आक्राेसित स्थानिय शव सहित आन्दाेलनमा उत्रिएर इलाका प्रहरी कार्यलय घेर्न पुगे पछी प्रहरीले गाेली समेत चलाएकाे छ । आन्दाेलनकारी र प्रहरी बिच झडप भएकाे र केही स्थानिय घाइते समेत भएकाछन । आक्राेसित भीडले प्रहरी कार्यलयमा ढुङ्गा प्रहार गर्दै ताेडफाेड समेत गरेकछन।
साथै पुर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की सडक खण्ड अबरुद्ध पनि पुर्णरूपमा अवरूद्ध रहेकाे छ ।
आज बिहान टीकापुर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ७ ख ८८३३ नंम्वरको बसले लम्कीचुहा १ थपालीपुर बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिदा घटना स्थलमै ज्यान गएको थियो ।
