बालुवाटारबाट ‘श्री सीताराम शोभा रथयात्रा’ सुरु, मूर्तिहरु आज देवघाटमा राखिने

मङ्लबार, बैशाख ७, २०७८, काठमाण्डाै । 

बालुवाटारबाट ‘श्री सीताराम शोभा रथयात्रा’ सुरु भएको छ। चितवनको अयोध्या लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरेपछि रथयात्रा सुरु भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमै ओलीले राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति हस्तान्तरण गरेपछि रथसहितको कलशयात्रा चितवनतर्फ लागेको हो। मुर्ति बुधबार रामनवमीको अवसरमा स्थापना गर्न लागिएको छ। ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍यालीसहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको पटक-पटक दाबी गर्दै आएका छन्। अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ।

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन्। कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए।

माडी र र्‍यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागत राखिएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए। निर्माण कार्य तीव्ररुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहलपहल बढेको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै