Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सुर्खेतकाे पन्चपुरीका आगलागी पिडित आफन्तको शरणमा, घर निर्माणमा सहयाेगकाे अपिल

User Photo मङ्लबार, बैशाख ७, २०७८
काठमाण्डाै ।

सुर्खेतको पन्चपुरी नगरपालिका वडा नं -९ राग ( मल्याङ्जा टोल) मा रहेको मगर बस्तीमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

सोमबार साझ सवा ६ बजे एक्कासि भएको आगलागी बाट स्थानीय काशिराम थापा, धनबहादुर थापा, देविराम थापा र नवराज थापाका ४ घर जलेर नष्ट भएका छन् ।

यसैगरी उक्त आगलागीबाट ४ गाेठ, ४ शाैचालय, १ गाेरू र कुखुराको खाेर जलेर नष्ट भएकाे स्थानियले जानकारि दिएका छ्न ।

पिडित कसैकाे पनि आर्थिक अवस्था राम्राे छैन । ‘भारत गएर मजदुरि गरेर जिबिको पार्जन गर्छौ । कोहि कतै कोहि कतै गएको बेला कसरी आगो लाग्यो थाह छैन, बर्षभरीलाई खानलाई पुग्ने अन्नपात घर भित्र नै थियो सबै जलेर आखाले हेर्दाहेर्दै खरानी भयो, लगाउने लत्ता कपडा,ओढ्ने ओछ्याने सबै नष्ट भयो । केही समय पहिला भारत गएर कमाएर राखेको रुपैयाँ समेत जलेको छ’, स्थानिय राज कुमार थापाले भने ।

सोमबार आगो लागेको भएपनि पिडितहरुकाे घाउमा मलम पट्टि लगाउन र राहत सामाग्रि लिएर चाैकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहि, उपाध्यक्ष निर्मला राना लगायतको टोलिले स्थानिय सरकारले सक्ने सहयोग गर्ने बताउनु भएको छ । आगलागी पीडित अहिले आफन्तको शरणमा छ्न । स्थानियहरुले जलेको घर निर्माण गरिदिन माग गरेका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.