Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

सुपर कर्णाली डिलक्स यातायात प्रा.लि. द्वारा टिकापुरमा निशुल्क अटाे एम्बुलेन्स सेवा सुरु

User Photo मङ्लबार, जेष्ठ ११, २०७८
टिकापुर ।

कैलालीकाे टिकापुर नगरपालिकामा काेराेना महामारीलाई मध्यनजर गर्दै निशुल्क अटाे एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएकाे छ । सुपर कर्णाली डिलक्स यातायात प्रा. लि.ले संकटकाे वेलामा बिरामी अस्पताल लिन र घर लैजान सहज हाेस भन्ने उद्देश्यका साथ निशुल्क अटाे एम्बुलेन्स सेवा सुरु गरेकाे हाे ।

तिनवटा इलेक्ट्रिक र दुईवटा पेट्राेल अटाे रिक्सा चाैबिसै घण्टा उपलब्ध रहने प्रा.लि. का सञ्चालक लाेक बहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयाे । काेराेना महामारीमा निशुल्क अटाे रिक्सा सञ्चालन गर्दै स्राहनिय काम गरेका युवा अगुवा तथा स्थानिय व्यापारी बुढाक्षेत्री यस अघि पनि विभिन्न सामाजिकमा सक्रिय रहदै आएकाछन ।

अस्पताल पुग्न बाट काेही बन्चित नहाेस र समयमै उपचार पाउन् भन्दै आफुले सकेकाे गरेकाे भन्ने बुढाक्षेत्रीले टिकापुरमा सरकार तथा पार्टीका नेताहरुले खासै चासाे नदिएकाेले एकआपसमा सबैले सक्दाे सहयाेग र याेगदान गरी महामारी संग लडनु पर्ने बताउनु भयाे ।

यातायातकाे समस्या भएका बिरामी तथा बिरामीका आफन्तहरुले निशुल्क अटाे एम्बुलेन्स सेवाका लागि ९८५११५६६४२, ९८४८४९१९६०, ९८०४६२२३०४ सम्पर्क गर्न सकिने प्रा.लि.ले बताएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.