नागरिकता सम्बन्धि अध्यादेश २०७८ खारेज गर्न माग गर्दै कैलालीको लम्कीचुहा २ गणेशपुरमा अनेरास्ववियू (क्रान्तिकारी ) र वाइसिएलले प्रदर्शन गरेका छ्न ।
प्रदर्शनमा राष्ट्र घाती नालायक केपि सरकार मुर्दावाद, केपी- बिद्या मुर्दावाद, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।
सरकारकाे बिराेध गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएको अनेरास्ववियू (क्रान्तिकारी ) कैलाली जिल्ला सदस्य हेमराज धमालाले जानकारी दिनु भयो ।
लम्की चुहा- २ वडा कमिटी संयोजक सन्जु शाहिले वाइसिएल अन्याय, अत्याचार र कसैले राष्ट्रघात गरेमा त्यसकाे सधैं बिरोध गरिरहने बताए ।


