गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

शुक्रबार, असार ४, २०७८, काठमाण्डाै । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- ४ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै