Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

कारबाही गरिएकालाई पदमुक्त नगरिएकाे भन्दै माओवादी केन्द्रले गरायाे आयोगको ध्यानाकर्षण

User Photo शुक्रबार, असार ४, २०७८
काठमाण्डाै ।

एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।

‘बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं । तर अहिलेसम्म आयोगले सूचना जारी गरेन’, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनले बताए ।

तर प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपी नआएकाले नेतालाई कारबाही गरिएको सूचना सार्वजनिक नगरेको उनले बताएका थिए ।

नेता पोखरेलले भने केन्द्रीय कमिटीले कारबाही गर्ने अधिकार अध्यक्षलाई दिएकाले कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । माओवादी छोडेर एमाले प्रवेश गरेका १८ जना बढी जनप्रतिनिधिलाई कारबाही गरिएको उनले बताए ।

आयोगले सूचना जारी नगरेसम्म जनप्रतिनिधि पदमुक्त नहुने कानुनी व्यवस्था छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.