माधवकुमार नेपाल

माधवकुमार नेपाल- आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई प्रधानमन्त्री बनाउन साथ दिने मुख्य नेता

मङ्लबार, असार २९, २०७८, काठमाण्डौ । 

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेका थिए।

नेपालकै नेतृत्वमा लामो समय रहेका ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेर नेतृत्व हात पारे। यहि हार संगै नेपाल पार्टीमा प्रतिपक्ष भइरहे ।

भारतद्वारा गरिएको नाकाबन्दीको प्रतिकारको नेतृत्व गरेका कारण ओलीको उचाइ बढ्दै गयो। उनकै नेतृत्वमा भएको स्थानीय निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टीमा स्थापित भयो।

२०७४ को आम निर्वाचनमा ओलीकै नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर नेपालमा कम्युनिष्ट शक्ति झण्डै दुईतिहाइ नजिक पुग्यो। २०७४ फागुन ३ मा ओली नेतृत्वमा दुईतिहाइ नजिकको सरकार बन्यो। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकीकरण गरी नेकपा बन्यो।

यी सबै विषयमा ओली एकलौटी बढेको र आफूसँग छलफलै नगरेको भन्दै नेपालले असन्तुष्टि जनाउँदै गएका थिए। एकीकरणपछि सुरुवाती दिनमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल मिलेर गरेका हरेक निर्णयमा उनको आपत्ति रहँदै आयो। ओली र दाहालले चोचोमोचो मिलाएर आफूलाई किनारा लगाएको प्रतिक्रिया पनि उनको रहँदै आयो।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नया मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नया मिडिया

नया मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा फिचर स्टाेरी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै