Naya Media
बिहिबार, बैशाख ३, २०८३
| | April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला

User Photo बुधबार, साउन १३, २०७८
सर्लाही ।

सर्लाहीको ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।

स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।

रिकेवादेवी गएराति नाबालक छोरा-छोरीसहित घरबाट निस्किएकी थिइन् । तीनैजनाको शव बुधबार बिहानपख सूर्यवंश चौधरीको निजी पोखरीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान पनि जारी राखेको एसपी राठोरले बताए ।

श्रीमती र बच्चा खोज्न भनेर घरबाट निस्किएका रिकेवादेवीका श्रीमान सञ्जीव पनि अहिलेसम्म सम्पर्कमा नआएको एसपी राठोरले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.