Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छाैं- माधवकुमार नेपाल

User Photo आइतवार, अशोज ३, २०७८
काठमाण्डौ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए ।

‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

उनका अनुसार प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको सुनाए । ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ उनले भने ।

गण्डकी प्रदेशमा भने ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उनले बताए । ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.