गजेन्द्र हमाल नेपाली कांग्रेसकै कोटाबाट मन्त्री बनेका हुन्- प्रचण्ड

शनिबार, अशोज २३, २०७८, चितवन । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन् ।

सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान हुन् । उनी राणाकै कोटाबाट मन्त्री बनेको आरोप लागेपछि चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गरेका हुन् ।

हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री भएको भन्ने कुरा गलत भएको उनले बताए । र, सांसद नभएका व्यक्ति मन्त्री हुनु नयाँ कुरा नभएको उनको भनाइ छ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने पनि बताएका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

शनिबार, अशोज २३, २०७८ (October 9, 2021, 1:25 pm) मा द्वारा प्रदेश नं- ३ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै