नायिका रेखा थापाले दिइन राप्रपाकाे महामन्त्रीमा उम्मेद्धवारी

बिहिबार, मंसिर १६, २०७८, काठमाण्डौ । 

चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ईश्वर कार्कीलाई जानकारी दिईन् ।

हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी थापाले अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनको प्यालनबाट उम्मेद्धवारी दिएकी हुन् ।

थापाले महिला महामन्त्रीमा उम्मेद्धवारी दिएको जनाईन् । लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ। राणाले रिपोर्टर्स क्लब नेपालमार्फत आफ्नो उम्मेद्धवारी घोषणा गरेका थिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

बिहिबार, मंसिर १६, २०७८ (December 2, 2021, 11:57 am) मा द्वारा मुख्य समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै