न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश विरुद्ध महाअभियोग- कानुनमन्त्री

आइतवार, फाल्गुन १, २०७८, काठमाण्डौ । 

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन् ।

प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको मन्त्री बडुले बताए । ‘गतिरोधमा न्यायपालिका रहृयो भने न्यायापालिकाको आवश्यकता र गरिमाथि प्रश्न उठ्न सक्ने देखियो । त्यसकारणले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभयो’, मन्त्री बडुले भने ।

मन्त्री बडुले सर्वोच्चको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको बताए । ‘हामीले यो कुरा पनि सुनिरहेका थियौं । सम्मानीय प्रधानन्यायाधीश ज्यूले पनि म संवैधानिक बाटोबाट आएको व्यक्तिलाई संवैधानिक बाटोबाट निकास चाहन्छु भन्ने अभिव्यक्तिहरु थिए’, मन्त्री बडुले भने ।

दर्ता भएको महाअभियोग प्रक्रियामा अगाडि बढ्ने उनले बताए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, फाल्गुन १, २०७८ (February 13, 2022, 12:50 pm) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै