Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

महामारीमा अलपत्र यात्रुलाई  जो गन्तव्य  पुर्याउथे अहिले स्वतन्त्र उम्मेदवारी दिए वडा अध्यक्षमा

शनिबार, बैशाख १७, २०७९
काठमाण्डौ ।

नेपालमा २ वटा कोरोना कालमा बाहिर बाट घर फर्किने यात्रुहरुले सुदुर पश्चिमको प्रवेश द्दार कर्णाली पुगे पनि पनि घर सम्म हिडनु पर्थ्यो । हामी लाई फोन आउथ्यो सर हामी चिसापानी आएर अलपत्र पर्यौ यता प्रहरी दाजु भाइ पनि गन्तव्य पुर्याउन सक्दैनौ भन्नू हुन्छ जनप्रतिनिधि फोन उठाउदैनन । तेसपछी हामी जन प्रतिनिधि लाई फोन गर्थेउ बल्ल बल्ल फोन उठथ्यो हामी गर्दैछौ भन्थे तर यात्रु लाई सहयोग हुन्थेन । त्यो मध्यका पनि एक जना थिए लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्त चलाउने उनी भने निरन्तर सेवामा लाग्थे । कता कता पहल गरेर यात्रु लाई गन्तव्यमा पठाएरै छोडथे ।
२०७७ साल बैसाख ८ गते राती करिब ११:३३ मा मेरो मोबाइल बज्यो मैले तुरुन्त फोन उठाए इलाका प्रहरी कार्यालय चिसापानीका तत्कालीन प्रहरी निरीक्षक दिर्घ बोगटिको थियो ।
उनले नमस्कार भने र एकै सासमा “भने चिसापानीमा करिब २० जना यात्रु पारी बाट हिडेर आए कोहि घर टिकापुर भन्छ्न कोहि जोशिपुर भन्छ्न कोहि अत्तरिया सम्म जाने भन्छ्न”
यता बाट माध्याम केही छैन उनिहरु भोका छ्न खुवाने पनि केही छैन । टिकापुरको मेयर साप लाई फोन गरेको जति गर्दा नि उठेन । हजुर गर्दिनु त सर कतै हजुरको फोन उठछ कि
अनि मैले भने म गर्छु है सर । फोन लगाए टिकापुरका मेयर तपेन्द्र रावल लाई ३ चोटि गरे उठेन । लम्की चुहाका मेयर लाई फोन गरे फोन सम्पर्क हुन सकेन भन्यो । जोशीपुरका मेयरको फोन उठयो उनले राती केही गर्न नसक्ने बताए ।
तेसपछी मैले उनै लम्की चुहा नगरपालिका वडा अध्यक्ष ३ का अध्यक्ष भक्त चलाउने लाई फोन गरे अनि सबै कुरा बताएर दीर्घ बोगटी सर लाई फोन गर्न लगाए उनले कुरा गरेर टिप्परको ब्यावस्था मिलाएर यात्रु लाई राती नै गन्तव्य पठाए ।
त्याहा भन्दा अगाडि थुप्रै पटक उनले यात्रुका खाना पानी गन्तव्य पुर्याउने काम गरेका थिए । भोलि पल्ट बिहान करिब ५ बजे भन्दा अगाडि चिसापानी पुगे र जति आए यात्रु ती सबै करिब ४/५ सय यात्रु लाई सम्बन्धि ठाउमा पठाए ।
९ बजे हाम्रो मालिका टेलिभिजनको टिम त्याहा पुग्यो र रिपोर्टिङ गर्यो बिहान करिब ११ बजे सम्म उनले करिब हजार बढि लाई गन्तव्य पठाई सकेका थिए  ।
तेहि दिन धनगढीको पश्चिम टुडे लगायत थुप्रै अब लाईनमा लगभग यस्तै यस्तै हेड लाईन सहित समाचार आए ।

त्यो दिन नंया मिडियामा छापिएको समाचार यस्तो थियो
“मुलुकको विभिन्न ठाउँबाट पैदल हिडेर कैलालीको चिसापानीसम्म पुगेका व्यक्तिलाई एक मनकारी वडा अध्यक्षले गन्तव्यसम्म पुग्न सहयोग गरिरहेका छन् ।
लम्कीचुहा नगरपालिका- ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेले चिसापानीसम्म पुगेका व्यक्तिहरुलाई घरसम्म पुग्न सहयोग गरिरहेका छ्न । सो वडामा पर्ने चिसापानीलाई सुदूरपश्चिमकै प्रवेशद्वार मानिन्छ ।
सङ्घीय राजधानी काठमाण्डौंसहित विभिन्न जिल्लाबाट मजदुर, विद्यार्थी हप्तादिन पैदल हिडेर आइरहेका छन् । गाडीको व्यवस्था गरेर उनीहरुलाई गन्तव्यसम्म पुग्न सहयोग गरिरहेको वडा अध्यक्ष चलाउनेले बताए ।
‘पैदल यात्रीका खुट्टाको पैतला फुटेको देख्दा निकै दया लाग्छ’, उनले भने । ‘विभिन्न निकायको गाडी सहयोग माँगेर उनीहरुलाई गन्तव्यतर्फ पठाउने काम गरिरहेको छु ।’ बन्दाबन्दीको क्रममा अहिलेसम्म आएका एक हजार तीन जनाभन्दा बढी व्यक्तिलाई गन्तव्यतर्फ पठाइएको छ ।
व्यक्तिहरु पैदलै हिडेर दिनदिनै आउनेक्रम अझै जारी रहेको उनले बताए । ‘आजमात्रै करिब तीन सय जनालाई स्कुलको गाडीमार्फत गन्तव्यतर्फ पठाइएको छ’, उनले भने । त्यसरी आउनेमा विभिन्न ठूला परियोजनामा काम गर्नका लागि गएका मजदुरहरु बढी रहेको छन । त्यसमध्ये पहाडतर्फ जाने व्यक्तिलाई अत्तरिया प्रहरी र कैलालीका व्यक्तिलाई सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर पठाउने कार्य भइरहेको छ ।
‘स्थानीय तहसंग समन्वय गरेर पठाउँदा उनीहरुलाई क्वारेन्टाइनमा राख्न सहज पनि भएको छ’, वडा अध्यक्ष चलाउनेले भने । पहाडी जिल्लातर्फ जाने मजदुर, विद्यार्थीलाई अत्तरिया प्रहरीसंग समन्वय गरेर पठाइ रहेको वडा अध्यक्ष चलाउनेले बताए ।
बिगत धेरै दिन देखि उहाँले सयौ अलपत्र परेका यात्रुलाई गन्तव्य सम्म पुगाउन सहयोग गरि राख्नु भएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसले वडा अध्यक्षको टिकट नदिए पछि उनी फेरि पनि जनताको सेवा गर्छु भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छ्न ।
उनी भनी रहेका छ्न यो ५ बर्ष फेरि सेवा गर्न दिनुस बाकी रहेका अधुरा काम गर्न बाकी छ । उनलाई निर्वाचन आयोगले चुनाब चिन्न “”कैँची दिएको छ कैँची चुनाब चिन्नमा भोट मागी रहेका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.