२०७६ साल साउन र भाद्रमा गएको पहिरोले विस्तापित भएका कैलालीको चुरे गाउँपालीकाका ३ सय बढी घर परिवार अहिले कैलालीको कैलालीको चुरेको वडा नम्बर ४ मा चुरे फेदिको घना जंगलमा पाल मुनी बसिरहेका छन ।
राती सुतेको समयमा माथि बाट आएको पहिरो बस्तीमा आएपछि राता रात भागेर उनिहरु गाउँ बाट बिस्तापित भएर आफन्तकोमा सरण लिन पुगे , त्यसको केहि दिनमा उनिहरु बस्ने ठाउको खोजी गर्दै कैलालीको गौरीगङ्गामा आएर हाइवे छेउमा बसेका थिए । पछि त्याहाबाट लखेटिएपछी अहिले जंगल बिचमा कष्टकर जीवन बिताउन बाध्य छ्न ।

ज्याला मजदुरि गरेर घर खर्च चलाउने यी नागरिकहरु लाई अहिले दैनिक छाक टार्न समेत समस्या हुदै आएको छ । सरकारी पक्षबाट भने राहत र उद्धारका कामहरु नभएको उनीहरुले बताएका छ्न । लगाएको बाली पहिरो लगेपछि आफुहरुले लगाएको सम्म खान नपाएको उनिहरुले बताए ।
स्थानीय जनप्रतिनिधिहरुले निकास दिन्छौ भने पनि पहल नभएको गुनासो उनिहरुको छ ।
स्थानिय जब्बर बहादुर रोक्का मगरले आफुहरु बिस्तापित भएको बेलाको पाल च्याती सकेकाले बस्तिका घरहरुमा टिनको छानो लगाईदिन सरकार सङ्ग आग्रह गरे ।
स्थानीय युवा रोहित बहादुर बोहराले भने रोजगार नभएपछि ज्याला मजदुरि गरेर परीवार पाली रहेकोे सुनाए । बस्तिका मानिसहरुलाई रोजगारीको आवस्यकता रहेको बताउदै आफुहरुले ज्याला मजदुरीको काम १ दिन पाउँदा ४ दिन नपाउने भएकाले युवाहरु खाली बस्नु पर्ने बाध्यता सुनाए ।
स्थानिय महिला डम्बरी वलिले बस्तिमा खाने पानी र बिजुली बत्तीको आवश्यकता रहेको सुनाईन । पाल मुनि बस्नी बस्दा सर्प बिच्छी लगायत जंगली किराका कारण रात दिन कटाउन मुस्किल भएको सुनाइन ।
पहिरो प्रभावितहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने उनीहरको माग छ।
बर्सेनी चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गाउँ नै विस्थापित भई रहेका छन् ।
पहिरो प्रभावितहरु गाउँमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै बसिरहेका छन्। पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ। यता, सरकारले भने यसबारे कुनै चासो नलिएको र विस्थापितहरुको बारेमा केही नगरेको उनीहरुले आरोप लगाएका छन्।
२०७६ सालको भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ। घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन्।
पहिरोले विस्तापित भएकाहरु लाई राजनितिक दल र जनप्रतिनिधि हरुले अन्यत्र सार्ने भनेपनि अहिले सम्म पहल भएको छैनन् ।

