Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

मुख्यमन्त्री शाहले संघीय मन्त्रीहरु सङ्ग भने बजेट व्यवस्थापन गर्नुस, प्रदेश सरकार द्रुत गतिमा काम गर्छ

मन्त्रीहरु सङ्ग भने गफ हैन काम गरौ

User Photo मङ्लबार, जेष्ठ २, २०८०
कैलाली ।

सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका प्रदेश संसदय दलका नेता कमल बहादुर शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भए मुख्यमन्त्री भएका शाहले फागुन २६ गते विश्वासको मत लिए पछि निरन्तर प्रदेश सरकारका कामहरु अगाडि बढाएका छ्न ।

बिगतमा प्रदेश सरकार सङ्ग जनताहरु सन्तुष्ट हुन नसकी रहेका बेला यसपाली जनताको पक्षमा काम गर्ने र जनता लाई साच्चै प्रदेश सरकार भएको अनुभूति दिलाउने बताउदै आएका छ्न ।

मुख्यमन्त्री शाह प्रदेशका  नौ वटै जिल्लामा आफैं पुगेर बिगतमा सरकारले गरेको कामको अनुगमन र नयाँ हाल्नु पर्ने विकासे योजना बारे सरोकार वाला सङ्ग छ्लफल गरेका थिए ।

उहाँ भ्रमणको क्रममा प्रदेशका पर्यटकीय स्थल,राष्ट्रिय गौरवका योजना,सिमा नाकामा स्थलगत रुपमा आफै पुगेर हेरेका थिए । स्थानिय सरकारले गर्न सक्ने योजना स्थानिय सरकार लाई गर्न,प्रदेश सरकारले गर्नु पर्ने सम्पन्न गर्ने र ठुला योजना हरुमा संघीय सरकारले बजेट व्यवस्थापन गरिदिनु पर्ने बताउदै आएका थिए । यस्तै क्रममा मंगल बार सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पुर्वाधार विकास मन्त्री  प्रकाश बहादुर देउवा,आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीको टोलिले सुदुरपश्चिम प्रदेशका  संघीय सरकारका गृहमन्त्री  नारायणकाजी श्रेष्ठ  , अर्थ मन्त्री प्रकाशसरण महत र परराष्ट्रमन्त्री  माननीय एन. पि साउद सङ्ग  भेटघाट गर्दै सुदुरपश्चिम प्रदेशका गौरवका आयोजना हरुमा आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छ्न ।

मुख्यमन्त्री शाहले  निर्माणाधीन गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्न, सेती लोकमार्गको ट्र्याक, मध्य पहाडी राजमार्ग, खुटिया दिपायल सडकखण्ड, महाकाली र कर्णाली करिडोर निर्माण, ४४० मेगावाटको बेतान कर्णाली जलपरियोजना सञ्चालनका  लागि  आ.व २०८०/८१ मा आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रीको  ध्यानाकर्षण गराएका हुन् ।

भेटमा गृहमन्त्री श्रेष्ठ सङ्ग खुला सिमानाका कारण हुने अपराध नियन्त्रण गर्न,अबैध सामान नियन्त्रण,लागुपदार्थले समाजमा विभिन्न घटना हुने भएकाले निर्मम बन्न आग्रह गरेका थिए भने भौतिक निर्माणमा बजेट व्यावस्थापन गरिदिन मन्त्री हरु सङ्ग आग्रह गरेका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.