Naya Media
बुधबार, जेष्ठ २७, २०८३
| | June 10, 2026
बुधबार, जेष्ठ २७, २०८३

बीपी कोइरालाको ४० वर्ष पुरानो अप्रकाशित अन्तर्वार्ता (अडियाे)

बीपीसँग मणि राणा र ध्रुवहरी अधिकारीले लिएकाे करिब चार दशकपछि बाहिरिएकाे अन्तर्वार्ता

User Photo बिहिबार, माघ २३, २०७६
काठमाण्डाै ।

नेपालको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रहे पनि नेपाली कांग्रेसका नेता बीपी कोइराला २०३३ सालमा भारत निवाएसनबाट ‘राष्ट्रिय मेलमिलाप’को आह्वान गर्दै नेपाल पर्किएका थिए ।

राष्ट्रियता जोगाउन राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप हुनुपर्छ भन्दै नेपालमा लोकतन्त्र र राजतन्त्र दुवै आवश्यक छन् भनेका कारण कतिपयले बीपीको आलोचना गरेका थिए भने कतिले दूरदर्शी नेताको संज्ञा दिएका थिए ।

विसं २०३० को दशकको मध्यतिर बीपी स्वास्थ्य उपचारका लागि शैलजा आचार्यलाई लिएर लन्डन पुगेका थिए । अक्सर उच्च प्रतिष्ठित व्यक्तित्वहरू लन्डन पुगेका बेला बीबीसी नेपाली सेवाले अवसरको सदुपयोग गर्दै अन्तर्वार्ता लिइहाल्थ्यो । बीपी गएका बेला बीबीसी वल्र्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी लञ्चका लागि बोलायो । नेपाली सेवा छुट्यो । बीबीसी नेपाली सेवाबाट मणि राणा र ध्रुवहरी अधिकारी बीपी बसेकै ठाउँमै पुगेर र आधा घन्टा लामो अन्तर्वार्ता गरे । तर, उतिबेलाको समसामयिक विषयमा गरिएको अन्तर्वार्ता त्यसबेला बीबीसीले प्रसारण गरेन । तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका नेता बीपीसँग गरिएको अन्तर्वार्ता किन प्रसारण भएन त्यो त मणि राणा अहिले पनि स्पष्ट भन्न सक्तैनन् तर उनको विचारमा राजतन्त्रका नकारात्मक पक्षबारे बीपीले खुलेर आफ्नो विचार राखेकाले राजनीतिक समस्या समाधानका लागि दरबार र कांग्रेसबीच छलफल सुरु भइरहेका बेला बीपीको अन्तर्वार्ताले दरबार रुष्ट भएर बन्दै गएको सकारात्मक वातावरण पनि बिग्रिने हो कि भनेर प्रसारण नगरेको हुन सक्छ ।

विसं २०३० को दशकको (मिति खोज्न सकिँदैन ??) मध्यतिर बीपीसँग मणि राणा र ध्रुवहरी अधिकारीले गरेको अन्तर्वार्ता करिब चार दशकपछि बाहिरिएकाे छ। नेपालको राजनीतिलाई बुझन् सहायक हुनसक्ने यो अन्तर्वार्ता जस्ताको तस्तै प्रस्तुत गरेका गरेका छौँ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.