Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

बिहेको बिषयमा सोचेकी नै छैन- नायिका नम्रता श्रेष्ठ

"मेहेन्दी, संगीत सेरेमोनी गर्ने वा नगर्ने भन्ने बिषयमा मैले सोचेकी छैन"

User Photo
आइतवार, फाल्गुन १८, २०७६
काठमाण्डाै ।

नायिका नम्रता श्रेष्ठ केही बर्षदेखि प्रेममा छिन् । प्रेममा रहेकी यी नायिकाको बिहे कहिले हुन्छ भन्ने कौतुहलता उनका फ्यानलाई पनि होला । मिडियाका लागि त नायक–नायिकाको बिहेको चासो सधै नै हुने गर्दछ । तर, नायिका नम्रता श्रेष्ठले भने आफूले बिहेको बिषयमा नसोचेको बताएकी छिन् ।

नम्रताले भनिन्–‘मैले त अहिले बिहेको बिषयमा सोचेकी नै छैन । जुन दिन हुन्छ, तपाइहरुलाई थाहा भैहाल्छ ।’

नम्रताले बिहे कसरी गर्ने भन्ने बिषयमा पनि कुनै योजना नबनाएको बताइन् । नम्रताले भनिन्–‘मेहेन्दी, संगीत सेरेमोनी गर्ने वा नगर्ने भन्ने बिषयमा मैले सोचेकी छैन । जुन दिन मेरो बिहेको लगन जुर्छ, त्यही दिन नै कसरी गर्ने भन्ने बिषयमा पनि सोच्नेछु ।’

यो बर्ष नेपाली चलचित्रका नायिकाहरुको धमाधम बिहे भैरहेको छ । नायिका ऋचा शर्मा, रीश्मा गुरुङ, प्रियंका कार्कीको बिहे भैसकेको छ भने नायिका आँचल शर्माको बिहे फागुणको २९ गते हुँदैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.