Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरी

User Photo
सोमवार, साउन १४, २०७५

एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘व्यक्तिगत रुपमा कोहि जिम्मेबार साथीहरुको भनाईबाट तपाईहरुको चित्त दुखेको छ भने सरी भन्न चाहन्छु । तर नेपाल सरकारको आधिकारिक धारणा के हो भने म फेरि दोहोर्याएर भन्छु, तपाईहरु बिकासको पार्टनर नै हो ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एनआरएनलाई भूपू नेपालीको अभिव्यक्ति दिएका थिए । उनले कानुन परिवर्तन गरेर विदेशी नागरिक भइसकेकाको पैत्रिक सम्पत्तिमा अंश नलाग्ने व्यवस्था पनि गर्छु पनि भनेका छन् ।


advertisement

परराष्ट्रमन्त्री ज्ञवालीले पण्डितको नाम त लिएनन् तर, घुमाउरो भाषामा माफि माग्दै भने, ‘व्यक्तिगत कुराहरुलाई व्यक्तिगत रुपमा नै डिस्कार्ड गरीदिनु हुन म अनुरोध गर्दछु । यहाँहरुलाई आश्वस्त तुलाउन चाहान्छु, बाध्यताले जहाँ सुकै बस्नुहोस् तपाईहरुको स्टाटस जुनसुकै होस् । नेपालको विकासमा तपाईहरु महत्वपूर्ण साझेदार हो । साझेदारको हिसावले तपाईहरुलाई स्वागत गर्न नेपाल सरकार सदैव तयार छ ।’

उनले संविधानमा व्यबस्था भए अनुसार गैर आबासीय नेपालीहरुलाई आर्थिक, समाजिक, साँस्कृतिक अधिकारसहित नागरिकताका दिलाउने प्रतिबद्दता ब्यक्त गरे । मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभूति गरेकाले त्यसलाई कुनै पनि हालतमा कटौती नगर्ने बताएका छन् ।

युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी भन्ने मुल नाराका एनआरएनको दुई दिने बैठकमा मन्त्री ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.