Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई

User Photo
सोमवार, साउन १४, २०७५

काठमाडौं । रानीपोखरी नबन्दा आलोचित भएका काठमाडौं महानगरकापालिकाका मेयर विद्यासुन्दर शाक्य पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने निष्कर्षमा पुगेका छन् । यद्यपि उपमेयर हरिप्रभा खड्गीसहित केही वडाध्यक्षले भने नेपाली सेनालाई ठेकदार बनाउन नहुने मत राखेर विरोधमा छन् ।

महानगरले रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग गरेको भन्दै पुरातत्व विभागले सुरुमा मन्दिर निर्माण खोस्यो ।


advertisement

रानीपोखरी पुनर्निर्माणमा पनि कंक्रिट प्रयोग भएपछि जनप्रतिनिधि थप आलोचित भए । उपमेयर आफैं पुनर्निर्माण स्थलमा ताला लगाउन पुगेपछि विज्ञ समूह बन्यो, जसले कंक्रिट हटाउनुका साथै रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउन सुझाव दियो । पुरातत्व कंक्रिक मात्र हटाउने पक्षमा रहृयो ।

उसले मल्लकालीन शैलीमा बनाउन अनुमति नदिएपछि अहिले रानीपोखरी निर्माण अलपत्र परेको छ ।

यही कारण जनप्रतिनिधि आलोचित भएका छन् । मेयर विद्यासुन्दर शाक्य बदनाम हुने अवस्था आएपछि रानीपोखरी पुनर्निर्माणमा सेनाको सहयोग लिन खोजिएको छ ।

मेयर शाक्यले यसबारे सुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका थिए । तर, लाइन मिनिस्ट्रीबाट प्रस्ताव आउनु पर्ने बताएपछि रक्षा र पर्यटनमन्त्रीका साथै पुरातत्व विभाग र मेयर शाक्यको बैठक बस्यो, जहाँ रानीपोखरी पुनर्निर्माण सेनालाई दिने मोटामोटी सहमति भएको छ ।

महानगर आफैंले बनाउँदा विभिन्न व्यवधानहरु आएकाले मेयर सेनालाई दिने निर्णयमा पुगेका हुन् ।

तत्कालीन एमालेबाट निर्वाचित एक वडाध्यक्षले भने, ‘खै कहाँबाट दबाव आयो थाहा छैन । मेयरसा’बले रानीपोखरीको प्रक्रिया बढाउने प्रस्ताव ल्याउनु भएको छ ।’

काठमाडौं महानगरको पछिल्लो कार्यपालिकाले यसबारे निर्णय गर्ने अधिकार दिइसकेको छ । यद्यपि सेनालाई जिम्मेवारी दिन मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराउनुपर्छ ।

जनप्रतिनिधि आएको के काम ?

महानगरको पछिल्लो बैठकमा वडा नम्बर २५ का वडाध्यक्ष निलकाजी शाक्यले रानीपोखरी पुनर्निर्माण सेनालाई दिने तयारीबारे प्रश्न उठाएका थिए । उनले जनप्रतिनिधिहरु आइसकेको अवस्थामा महानगरकै अगुवाइमा काम गर्नु पर्ने बताए ।

उनले सेना प्रहरी जस्ता सुरक्षा निकायलाई ठेकदार बनाउन वकालत गर्न नहुने धारणा राखे ।

उपमेयर शाक्यले पनि रानीपोखरी पुनर्निर्माणको अगुवाइ महानगरले नै गर्नु पर्ने बताइन् । उनले भनिन्, ‘यदि अरुलाई नै दिने हो भने जनप्रतिनिधि आएको के काम ?’

ठेकदार अदालतमा

कंक्रिट प्रयोग गरेर पुनर्निर्माण थालेका कारण महानगरको २ करोड बढी रकम खेर गइसक्यो । त्यसबेला सम्झौता गरेका ठेकेदार आर्थिक नोक्सानी भएको भन्दै सर्वोच्च अदालत गरेका छन् ।

पोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर भने अबको केही महिनामा बन्नेछ । तिहारसम्म मन्दिर निर्माण सकिने पुरातत्व विभागको दाबी छ । झण्डै १ करोड ४० लाख रुपैयाँको लागतमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.