Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

प्रेमीकै सहयोगमा बलात्कार भएको भन्दै उजुरी

राजधानीको कलंकीमा एक युवती बलात्कृत भएकी छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ ।

पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय, बलम्बुमा कार्यरत थिए ।

घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले अनलाइनखबरलाई बताए ।

विछोडको एक वर्षपछि भेटिएका प्रेमी-प्रेमिका

पोखरेल दुई वर्षअघि एक युवतीसँग प्रेममा थिए । तर, उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन । पोखरेलको गतिविधिप्रति शंका लागेपछि ‘प्रेमिका’ विस्तारै टाढिएइन् ।

‘भन्डै एक वर्षपछि फेसबुकमा साथी बन्यो’ पीडित युवतीले प्रहरीलाई प्रारम्भिक बयानमा भनेकी छन्, ‘म सुधि्रएँ, जागिर पनि छाडेँ । होटल सञ्चालन गर्दैछु भन्यो ।’

पोखरेलले बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा आउन आग्रह गरे । ‘होला त नि भनेर भेट्न गएँ । तर, त्यहाँ नसोचेको…’, युवतीले भनेकी छन् ।

उनीहरुले खानपिन गरे । त्यो होटलले पोखरेलले सञ्चालन गरेका थिएनन्, उनी अर्कै योजनामा थिए । त्यसका लागि दुई वटा कोठासमेत बुक गरेका थिए ।

‘एउटै कोठामा बसेर खाइरहेका थियौं । घरी ऊसँग बस्ने गर है भनेर बाहिर निस्किन्थ्यो । घरी के गर्थ्यो’, पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘तर, त्यतिवेला मैले मानिन । उसँगै निस्किएको थिएँ ।’

रात छिप्पिँदै गएपछि प्रसाईं निन्द्रा लाग्यो भन्दै एउटै कोठामा सुते । दुई वटा खाट कोठामा भएकाले ‘एउटामा हामी, अर्कोमा ऊ सुतोस्’ भनेर पोखरेलले भनेछन् ।

युवती मान्दिनन् । उनी अर्को कोठामा जान्छिन् । पोखरेलले उनलाई पछ्याए र अन्तिम पटक भन्दै रक्सी खुवाए । ‘अर्को केटाले बेइमान गर्न सक्छ भनेर युवती आफैंले चुकुलसमेत लगाएकी रैछिन्’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

‘प्रहरीलाई फोन गर्न खोज्दा मोबाइल फुटाइदिए’

पीडित युवतीका अनुसार राति ४ बजेतिर ब्यूँझदा उनलाई असहज महसुस भयो । उनीसँग प्रेमी होइन, उनका साथी थिए । ‘केही गलत हर्कत गर्न खोजेको जस्तो लाग्यो । मान्छे पनि मोटो थियो’ उनले भनेकी छन्, ‘म अर्धनग्न थिएँ ।’

‘प्रेमी’का साथी कतिबेला र कसरी आफ्नो कोठामा आइपुगे भन्ने थाहा नभएको उनले बताएकी छन् । यसबारे पोखरेललाई भन्दा उल्टै सम्झाउन खोजको उनको भनाइ छ ।

त्यसपछि युवतीले प्रहरीलाई फोन गर्ने बताइन् । तर, प्रेमीले मोबाइल फुटाइदिए ।

विहान उनीहरुसँग छुटि्टएर युवतीले प्रहरीसमक्ष जाहेरी दिइन्, त्यसै आधारमा दुवै पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको कोठाबाट कण्डम र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading