Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

सेवा दिन नसक्दा उदयपुरका सेवाग्राही मारमा

User Photo
बुधबार, साउन १६, २०७५

सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् ।सेवाग्राही आवश्यक सेवा लिनका लागि अन्यत्र धाउन बाध्य छन् । सगरमाथा अञ्चलका विभिन्न पहाडी जिल्लाका सेवाग्राहीलाई सेवा दिन २०७२ सालमा सिरहाको लाहान यातायात कार्यालयको उपशाखाको रुपमा गाईघाटमा कार्यालय स्थापना भएको थियो ।

कार्यालय स्थापनाको चार वर्ष बितिसक्दा पनि सो कार्यालयले अहिले बिलबुक नवीकरण तथा सामान्य कर लिने बाहेक अन्य सेवा दिन सकेको छैन । सेवाग्राही प्रदेश नं २ को लाहान र इटहरी धाउन बाध्य भएका छन् । बेल्टारका यातायात व्यवसायी राजेश कार्की सवारीसाधनको लाइसेन्स नवीकरण गर्न, सवारीसाधन किनबेच गर्दा कागजपत्र गर्न तथा सवारी रुटको अनुमति लिन लाहान र इटहरी धाउनुपरेको बताउँछन् ।खोटाङ दिक्तेल बजारका जीवन श्रेष्ठ सवारी रुटको अनुमति लिन तथा सवारीसाधन किनबेचका लागि हजारौँ रुपैयाँ खर्च गरेर गाईघाट आएपनि काम नहुँदा लाहान धाउनुपर्ने बाध्यता रहेको बताउँछन् ।यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका सूचना अधिकृत एवं लेखापाल कृत रायमाझी जानकारी माग्दा रायमाझीले कार्यालयले सेवाग्रहीलाई आवश्यक सेवा दिन नसकेको स्विकार्छन् । सम्बन्धित विभागबाट अन्य सेवा दिन र व्यवस्थापन गर्न निर्देशन नआएका कारण सेवाग्राहीलाई आवश्यक सेवा उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।

सो कार्यालयमा पाँचजना कर्मचारी कार्यरत छन् । सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरका सेवाग्राहीलाई लक्ष्य गरी उक्त कार्यालय स्थापना गरिएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.