Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

सांसद धम्की प्रकरणः अनुसन्धान गर्न एसपीको नेतृत्वमा समिति गठन

User Photo शुक्रबार, साउन १८, २०७५

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान विशेष समिति गठन भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बनेको हो । समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो ।

यसअघि प्रहरीले घटनाको अनुसन्धानको क्रममा ७५ जनालाई नियन्त्रणमा लिएको थियो । हाल प्रारम्भिक अनुसन्धानपछि स्क्रीनिङ गरेर उनीहरुमध्ये १६ जनामाथि छानबिन भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.