Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित

User Photo
बुधबार, साउन २३, २०७५

काठमाडौं । समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयको सहसचिव हुन् ।

समाजकल्याण परिषद स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सदस्य सचिव पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी छ । त्यसबारे छानबिन हुँदैछ ।’

भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फि्रज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।

महिला बालबालिका मन्त्रालय मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद आकर्षक र शक्तिशाली मानिन्छ । राजनीतिक नियुक्ति, अर्बौं बजेट भएका आईएनजीओ र एनजीओहरूको अनुगमन, नियमन तथा कार्यक्रम स्वीकृति परिषदले गर्दछ । यसैगरी परिषद् मातहत रहेको भौतिक संरचनामा चलखेल गर्न पाइने र कार्यकर्ता भर्ती गर्न पाइने भएकाले परिषदमा धेरैको आकर्षण हुने गर्दछ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.