काठमाडौं ।राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले संसदीय सुनुवाई विशेष समितिको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै संवैधानिक परिषद्को नैतिक जिम्मेबारी बारे अध्ययक्षको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जवाफ दिनुपर्ने माग गरेका हुन् ।
कामु प्रधानन्यायाधिश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयलाई संसदीय सुनुवाई विशेष सममितिले उल्टाउने काम गरेकाले सो बारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग उनले गरे । संवैधानिक परिषद्को संरचना र राजनीतिक अवधारणाबारे पनि बुझ्न उनले सरकारको ध्यानाकर्षण गराए । परिषद्को संरचनाले राजनीतिक रुपमा नै परिष्दको निर्णय नउल्टाउने गरि भएको भन्दै सो अवधारणालाई आत्मसाथ गर्न पनि उनले सरकारलाई सचेत गराए ।
सरकारका गतिणिय दृष्टिबाट गरिएका निर्णयहरुले मुलुकलाई प्रतिक्रान्तिको बाटोमा लगेको दाबी पनि उनले गरे ।
दुइतिहाईको दम्भमा सरकारले गरेका निर्णयले मुलुकलाई प्रतिक्रान्तितिर घकेलिरहेको दाबी पनि उनले गरे ।