Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सांसद हृदयश त्रिपाठी नेकपामा प्रवेश गर्दै

User Photo बिहिबार, साउन ३१, २०७५

काठमाडौँ । सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारिक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् ।

बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केही नेता प्रवेश गराउन लागिएको नेकपाले जनाएको छ ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा नेता त्रिपाठी लगायत नेताहरु पार्टीमा भित्र्याउन लागिएको हो । गत निर्वाचनअघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी–१ बाट विजयी भएका थिए ।

राजपाका तत्कालीन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । त्रिपाठीसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रवेश गर्न लागेका हुन् । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बिहीबार विभिन्न नेताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.