बंलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिमस्टेक सम्मलेन सकिनु अगावै स्वदेश फर्कने भएकी छिन्।
परराष्ट्र मन्त्रालयकाअनुसार बंलादेशकी प्रधानमन्त्री शुक्रबार बिहान ११:४५ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
बंलादेशको आगामी आम निर्वाचनलाई मध्यनजर गर्दै उनी स्वदेश फर्कन लागेकी हुन्।
सम्मेलनले काठमाडौं घोषणा–पत्र जारी नगर्दै हसिना वाजेद स्वदेश फर्किने भएकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा उनी सम्मेलनका लागि भन्दै बिहिबार काठमाडौं आएकी थिइन्।
यसअघि बिहीबार उनले बिमिस्टेक सम्मेलनको उद्घाटन सत्रमा बोल्दै बंगलादेशले आफ्नो स्वतन्त्रताको सुरुवाती दिनदेखि क्षेत्रीय संगठनमा जोड दिएको धारणा राखेकी थिइन्।