Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

बिमस्टेक सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना पर्यवेक्षक

User Photo सोमवार, भदौ २५, २०७५

भारत पुणेमा आजदेखि सुरू भएको बिमस्टेक राष्ट्रका सेनाको अभ्यासमा नेपाली सेना पर्यवेक्षकका रूपमा सहभागी भएको छ।

यसअघि नेपाली सेना पनि सैन्य अभ्यासमा सहभागी हुने निर्णय भए पनि अन्तिम समयमा रोकिएको थियो।

सैन्य अभ्यासका लागि तीन जनाको एडभान्स टोली पहिले नै भारत गइसकेकाले उनीहरू त्यहाँ पर्यवेक्षकका रूपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ।

‘एडभान्स गएका तीन जना उतै छन्, उनीहरू सैन्य अभ्यास सकिएपछि मात्र फर्किन्छन् होला,’ सैनिक प्रवक्ता सहायक रथि गोकुल भण्डारीले सेतोपाटीसँग भने।

यसअघि सो सैन्य अभ्यासमा नेपाली सेनाका ३० जनाको टोली सहभागी हुने तय भए पनि शनिबार सरकारले सैन्य अभ्यासमा नजाने निर्णय गरेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.