रूपन्देहीमा युवतीको शव फेला

 रूपन्देहीको शुद्धोधन गाउँपालिकामा एक युवतीको शव फेला भएको छ ।

गुलाबी रंगको कपडा लगाएकी युवतीको शुद्धोधन गाउँपालिका–७ छपिया नजिकै दानव नदीमा शव फेला परेको हो । युवतीको उमेर अन्दाजी २० वर्ष देखिने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हृदय गुरूङले युवतीको सनाखत हुन नसकेको बताए । ‘हामी घटनास्थलतर्फ जाँदै छौं । त्यहाँ रहेको प्रहरीको टोली शव भेटिएको जानकारी गराएको छ,’ गुरूङले भने ।

घटनाको विस्तृत विवरण आउन सकेको छैन । युवतीले लगाएको कपडा पाखुरानिर च्यातिएको अवस्थामा शव फेला परेकाले स्थानीयले बलात्कार पछि हत्या भएको आंशका गरिएको छ । केही समय अगाडि पनि ओमसतियामा एक युवाले आफ्नै प्रेमीकालाई हत्या गरी फालेको अवस्था एक युवतीको शव फेला परेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
सोम, भदौ २५, २०७५ (September 10, 2018, 2:13 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै