Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

User Photo
मङ्लबार, भदौ २६, २०७५

 पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । साेमबार राति १ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ को जलविरे, कालीखोला र चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।  पहिरो पन्छाउन डोजर पठाइएको पनि प्रहरीले जनाएको छ । मुग्लिन नरायणगढ सडकखण्डको अरु भागमा पनि स–साना पहिरो खसेका छन् । सोमबार पनि पहिरोका कारण केही घण्टा बाटो अवरुद्ध भएको थियो ।

सोमबार बेलुकी ५ बजे खसेको पहिरो साढे ६ बजेतिर हटाइएपछि गाडी चलेका थिए  । तर राति फेरि ठूलो पानी परेकाले पहिरो खस्दा गाडीको आवागमन ठप्प भएको छ । सडक बन्द हुँदा हजारौ यात्रु सडकमै अलपत्र परेका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.