Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

सत्तारुढ सांसदकै गुनासो : राष्ट्रिय सभाबाटै पीडित भएँ

User Photo
मङ्लबार, भदौ २६, २०७५

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले आफू राष्ट्रिय सभाबाटै पीडित भएको गुनासो गरेकी छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कुमारीले राष्ट्रिय सभाका अन्य सांसदहरूले मन्त्रिपरिषद्बाट निर्णय गराएर विभिन्न सुविधा लिएपछि आफूले नपाएको गुनासो गरिन्।

संघीय समाजवादी फोरम, नेपालको राष्ट्रियसभामा आफू दलको नेता भए पनि राष्ट्रिय सभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसद कुमारीको दाबी छ। सांसद कुमारीले मधेशी भएकै कारण आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको हुन सक्ने आशंका पनि व्यक्त गरिन्।

उनले सरकारले मधेशलाई हेप्ने काम गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरिन्। सांसद कुमारीले संविधान संशोधन गर्ने प्रतिवद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरिन्।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.