Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक’

User Photo
बिहिबार, भदौ २८, २०७५

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् ।
गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग बुधबार  भएको भेटमा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समातुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए ।
राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको गृहमन्त्रीले बताए । उनले अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदहरणीय रहेको भन्दै शान्तिप्रक्रियाको सफलताका लागि शुभेक्षा व्यक्त गरे ।
‘हरेक युद्धका कारण हुन्छन, ति कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ । त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ,’ गृहमन्त्री थापाले भने ।
अफगानिस्तानका पूर्व मन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चाँसो राखेका थिए ।
उनीहरुले नेपालको शािन्तप्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.