Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

नेपालको शान्तिप्रक्रिया अध्ययन गर्न अफगानी टोली राजधानीमा

User Photo
बिहिबार, भदौ २८, २०७५

 नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न अफगानी टोली राजधानी आइपुगेको छ। टोलीले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेको छ।

अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा टोलीले छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ।

प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताउँदै नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको बताए।

उनले नेपालको शान्ति प्रक्रियाबाट नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धी पाएको बताए। प्रचण्डले भने, ‘नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले यसमा धेरै ठूलो जनताको सहभागीता भएको थियो। हामीले जनताको अधिकारको निम्ति भएको युद्धलाई नेतृत्व गर्‍यौँ र धेरै हदसम्म उनीहरूका अधिकार स्थापित गराउन सफल भयौं।’

भेटमा अफ्गानस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिइन्। उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको बताइन्।

भेटमा भ्रमण दलका सदस्यहरुले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पूर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारबाही बारे पनि जिज्ञासा राखेका थिए।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.