Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

पुर्व राजा परिवार सहित थाइल्यान्ड जादै, श्रीलंका र भारत पनि जाने

User Photo शुक्रबार, भदौ २९, २०७५

पुर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज पुन थाइल्याण्ड जानु हुने भएको छ । थाइल्यान्डबाट उहाँहरु श्रीलंका र भारतकोे आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम तय भएको छ ।

दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहनुभएका पूर्व राजपरिवार थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी बिहीबार नै त्यहाँ बैकक पुग्नु भएको छ ।

हिमानीका निजी सचिव स्मिता सिह, पुर्वराजका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुग्नुभएको छ । उहाँहरूसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्सेर राणा, साला उदय शम्सेर राणा र उहाकी धर्मपत्नी रोशनी राणा पनि जानु हुने भएको छ ।

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ । पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएका पुर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.